काठमडौँ, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत तथा नेपाल कांग्रेसका नेता, पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगन कुमार थापाले भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकालाई तत्काल कारवाहीको माग गर्नुभएको छ । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बस्नेतले क्यान्सर रिलिफ सोसाइटिको व्यवस्थापनमा सञ्चालनमा रहेको उक्त अस्पताल सञ्चालनको…