रिमोट कन्ट्रोल र मोवाइल चलाउन जेष्ठ नागरिकलाई कक्षा

काठमाडौं, २४ साउन । घरमा भएको टेलिभिजनमा आफुलाई मनपर्ने धार्मिक र आध्यातिमक प्रवचनदेखि योगसाधना सम्वन्धि च्यानल लगाउन होस या विदेशमा भएका छोराछोरीसंग मोवाइलमा कुरा गर्न जेष्ठ नागरिकलाई सक्षम बनाउने उद्धेश्यले बिहीबारदेखि जेष्ठ नागरिक आधारभूत कक्षा शुरु भएको छ । जेष्ठ नागरिकको लागि काम गर्दै आएको संस्था एजिङ्ग नेपालको आर्थिक सहयोगमा काठमाडौं १० देवीनगर, बानेश्वरस्थित प्रौढ…