प्लास्टिक जन्य पदार्थको नियन्त्रणबाट ८० प्रतिशत फाहोरलाई व्यवस्थित गर्न सकिन्छ : सांसद बस्नेत

काठमाडौँ, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्लास्टिक जन्य पदार्थको नियन्त्रणबाट ८० प्रतिशत फाहोरलाई व्यवस्थित गर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको छलफलका क्रममा बोल्दै उहाँले प्लास्टिक जन्य पदार्थमा अतिरिक्त शुल्क लगाउने र उक्त प्लास्टिक फिर्ता गरेपछि उक्त अतिरिक्त बरावरको मुल्य फिर्ता…