कार्यबहाक प्रधानमन्त्रीमा पोखरेल

काठमाडौँ, १९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको सिलसिलामा सिङ्गापुरतर्फ प्रस्थान गर्नुभएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोक्नुभएको छ । प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओलीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक…