छठसम्म जनकपुरमा जानकी रेल

काठमाडौँ, १३ साउन‌‌ । आगामी छठभित्रै जयनगर–जनकपुर–कुर्था (धनुषा) मा ३५ किमि दूरीमा सञ्चालन गर्ने तयारी गरिएको दुईमध्ये एउटा रेलको नाम जानकी राखिएको छ । अर्को रेलको नाम पशुपतिमध्ये एक राख्ने तयारी भएको रेलवे विभागले जनाएको छ । रेलवे विभागका महाप्रवन्धक बलराम मिश्रका अनुसार आगामी दसैं–तिहार वा छठसम्म जनकपुरमा गुडाइने रेलको सबै संरचना तयार भइसकेको छ…