जिम र स्विमिङ पुलदेखि हेलिप्याडसम्म भएको मन्त्रीनिवास बन्दै

काठमाडौँ, २ साउन । सरकारले मन्त्रीहरुका लागि जिम र स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आबास बनाउँदैछ । संसद भवन निर्माणका लागि छुट्याइएको ललितपुरको भैँसेपाटीस्थित सैँबु आबास क्षेत्रमा साढे दुई अर्ब लगानीमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो । यही आवास क्षेत्रभित्र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ । दुई वर्षभित्र…