दैलेख र पाल्पामा पेट्रोलिमय पदार्थको उत्खनन हुन्छ : मन्त्री यादव

काठमाडौँ, ९ असार । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसादले सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्री यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । उहाँले नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चिनियाँ प्राविधिक यहाँ आईसकेको जानकारी गराउनुभयो ।…