काठमाडौँ, १७ जेठ । तिब्बतको सीमा जोडिएको हुम्लाबाट कामको खोजीमा गएका नेपालीलाई उनीहरूको सीमापास नियन्त्रणमा लिँदै चीन सरकारले फिर्ता पठाएको छ। हुम्लाको हिल्सा नाका हुँदै तिब्बतको ताक्लाकोटमा कामको खोजीमा गएका २ हजार ५ सय हुम्ली कामदारलाई चीन सरकारको प्रशासनले फिर्ता पठाएको ताक्लाकोटबाट लामु लामाले जानकारी दिए। बेरोजगार युवा जिल्लामा काम नपाएपछि हरेक वर्ष तिब्बतको ताक्लाकोटमा…