उपराष्ट्रपति पुनद्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ, १५ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले आज गणतन्त्र दिवस, २०७६ को अवसरमा शुभकामना व्यक्त गरेका छन । बाह्रौँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली जनताले सात दशकदेखि राजनीतिक सङ्घर्ष गरेको उल्लेख गरेका छन । सशस्त्र सङ्घर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको सफलता नै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता…