वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री खतिवडा

काठमाडौँ, ३१ बैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । मंगलबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६र७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने बताए ।…