हावाहुरी प्रभावित क्षेत्रको घर निर्माणमा नीतिगत कुराले कुनै अवरोध गर्दैन : उपप्रम पोखरेल

बारा, १६ वैशाख । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा घर निर्माण कार्यमा कुनै पनि नीतिगत कुराले अवरोध नगर्ने स्पष्ट पार्नु भएको छ । सोमबार दिउँसो हावाहुरी प्रभावित बाराको फेटा गाउँपालिका–६ पुरनियाको स्थलगत निरीक्षण गर्दै रक्षामन्त्री पोखरेलले घर निर्माण सम्बन्धि सम्पूर्ण अधिकार नेपाली सेनालाई दिइ सकिएको जानकारी गराउनु भयो ।…