बेइजिङ, १७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा चीन सरकारले बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा जनमुक्ति सेनाबाट परेडका साथ सलामी अर्पण गरेको छ । सोमबार दिउँसो ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । दुबै देशको राष्ट्रियगानसहित जनमुक्ति सेनाको सलामीपछि राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच द्वीपक्षीय कुराकानीसमेत भयो ।…