काठमाडौँ, १८ वैशाख । सभामुख कृष्णबहादुर महराले नेपालको संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको बताउँदै सोही मर्मअनुसार सङ्घीय संसद्मा अहिले केही श्रमसम्बन्धी ऐन कानून निर्माण गरिरहेको बताउनु भएको छ । १३०औं विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख महराले श्रमिक वर्गका पक्षमा ऐनकानून निर्माण गर्नाका साथै…