भक्तपुर, १५ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मान्छेको मति र गति नसच्चिएकै कारण विकासमा बाधा उत्पन्न भएको उल्लेख गर्दै मुलुकमा केहीकेही कुरामा थिति बिगे्रको बताउनुभएको छ । भक्तपुरको नगरकोटस्थित तेलकोटमा आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडक निर्माण कार्यको सिलान्याश कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले अहिलेको विकासको गति सरकारले सोचे अनुरुप अघि बढ्न नसकेको बताउनुभएको…