काठमाडौँ, १७ चैत । पावर चाइनाका अध्यक्ष सोङ डोंगसोङले पछिल्लो एक वर्ष नेपालमा उर्जा क्षेत्रमा भएको नीतिगत सुधारका कारण दक्षिण एसियाकै उर्जा हबको रुपमा विकास हुने बताउनुभएको छ । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा शनिबार नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना र अवसरको वारेमा छलफलका क्रममा अध्यक्ष डोंगसोङले पावर चाइनाले नेपालका २५ वटा परियोजना बनाउने तयारी गरिरहेको जानकारी…