अदालतद्वारा डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश

कञ्चनपुर, १३ चैत ।  कञ्चनपुर जिल्ला अदालतले डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । कञ्चनपुर जिल्ला अदालतले सोमवार र मंगलबार बयान लिएपछि उनलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । निर्मला पन्त हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका डिएसपी जिसी न्यायिक हिरासतमा थिए ।…