काठमाडौँ, १ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सहित तीन जनाले मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् । विश्व मिर्गौला दिवसका अवसरमा भक्तपुरमा भएको दशौं नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादव, स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन्…