काठमाडौँ, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको जनाउँदै सत्य तथ्य कुरा सार्वजनिक गर्न माग गरेको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ…