काठमाडौँ, १ चैत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले देशमा लुटतन्त्र, अराजक, आतंककारी, विखण्डनकारीले देशलाई अप्ठ्यारो पार्न कसैले सपना देखको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ । शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौँ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले अबको देशको बाटो र आवश्यकता अनुसार सरकार अघि बढ्ने बताउँदै राज्यले आतंककारी गतिविधि…