राष्ट्रियसभाको बैठक पनि स्थगित  

काठमाडौँ, १३ चैत । राष्ट्रियसभाको बैठकमा पनि विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् । बुधबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उभिएका थिए । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामीलाई समय दिए । उनले घिसिङको बर्खास्तीको निर्णयबारे प्रधानमन्त्री ओलीले…