काठमाडौँ, १२ चैत । कांग्रेस, एमाले र माओवादीबीच भागबन्डामा समझदारी बनेपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिको गाँठो फुकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार दुई आयोगका दस पदाधिकारी भागबन्डामा सहमति भएको हो । शीर्ष नेताबीचको सहमतिपछि आइतबार नै मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पदाधिकारी…