ल्होछार पर्वलाई सार्वजनिक बिदा दिनुपर्छ : पूर्वमन्त्री तामाङ

बनेपा, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वकानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारका लागि दिँदै आएको सार्वजनिक बिदालाई सङ्घीय सरकारले निरन्तरता दिनुपर्ने बताउनुभएको छ । सुनौलो देवीटार युवा क्लब र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१, देवीटारस्थित बगैँचा टोलमा शनिबार आयोजित तामाङ समुदायको सांस्कृतिक…