सबै नागरिक बराबर, राष्ट्रसङ्घको बडापत्र महत्वपूर्ण : मन्त्री ज्ञवाली

काठमाडौँ, २४ मङ्सिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सबै नागरिक बराबर भन्ने संयुक्त राष्ट्रसङ्घको बडापत्र महत्वपूर्ण भएको बताउनुभयो । डा. शम्भुराम सिम्खडाले लेख्नुभएको ‘ह्युमन राइटस् स् ह्युमन रङ्स्’ पुस्तकको विमोचन गर्दै मन्त्री ज्ञवालीले राष्ट्रसङ्घको स्थापनापछिको विश्वले मानवअधिकार हुनुपर्दछ भन्ने मान्यतालाई स्वीकार गरेको बताउनुभएको छ । उहाँले सबै नागरिक बराबर हुन्छन् भन्ने राष्ट्रसङ्घको बडापत्रमा उल्लेखीत बुँदा महत्वपूर्ण…