काठमाडौँ, १९ मङ्सिर । सरकारले चार देशका लागि सिफारिस गरेका राजदूतका बारेमा आइतबार संसदीय सुनुवाई गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको आज विहान बसेको बैठकले चारै देशका लागि सिफारिस भएका रादूतहरुलाई सुनुवाईका लागि मंसिर २३ गते आइतवार बोलाउने निर्णय गरेको छ । सरकारले इजरायलका लागि अञ्जान शाक्य, भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि…