कांग्रेसद्वारा देशब्यापी सडक आन्दोलनको घोषणा : सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप

साउन १, काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसले सरकाले अधिनायकवादी चरित्र देखाएको भन्दै सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ । महामन्त्री डा. शशांक कोइरालाले मंगलबार विज्ञप्ति जारी गरी केन्द्र सरकार र प्रदेश सरकारहरुले अधिनायकवादी चरित्र देखाएकाले त्यसको भण्डाफोर गर्न आगामी साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई…