काठमाडौँ, ६ चैत । एमालेले माघबाट सुरु गरेको तीनमहिने जरा (जनतासँग राय संवाद) अभियानको प्रारम्भिक समीक्षा गर्दै पूर्वनिर्धारित स्वरूप परिवर्तन गर्ने भएको छ । पूर्वराजावादीहरूको प्रदर्शन र आन्दोलनको तयारीसँगै राजनीतिक घटनाक्रम बदलिएर प्रतिगमनका लागि प्रयास भइरहेको आन्तरिक विश्लेषणसहित एमालेले पूर्वनिर्धारित स्वरूप परिवर्तन गर्ने निर्णय गरेको हो । मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रतिगमनको प्रयासविरूद्ध जनचेतनाका लागि देशैभर जनपरिचालन…