काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि आफ्ना १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारयणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच भएको बैठकले सातवटै प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएको हो । यसअघि माओवादी सचिवालयको बैठकले तीन नेतालाई उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी दिएको थियो ।…