काठमाडौं, २४ चैत ।निर्वाचनको तिथि नजिकिदै जाँदा नेकपा एमालेले निर्वाचनको तयारीलाई तीव्र पारेको छ । निर्वाचनमा सोचे अनरुपको परिणाम हासिल गर्न एमालेले निर्वाचनको केन्द्रीय कमाण्ड तयार गरेको छ । अधिकांश केन्द्रीय नेताहरुलाई बिषयगत जिम्मेवारी दिएर काममा खटाएको छ । स्थायी समितिद्वारा उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल नेतृत्वमा गठन गरिएका मूल दुई समिति रहनेछन्…