काठमाडौं, १७ चैत । मधेसी मोर्चाले चुनावको विरोध गर्दै त्यसका विरुद्ध आन्दोलन गर्दै आएको भए पनि तराईमा भने चुनाबी माहोल बढ्दै गएको छ । तराईका युवाहरुको चुनावप्रतिको आकर्षणले आन्दोलनरत मोर्चालाई चुनावको विपक्षमा जनमत तयार गर्न गाहे परिरहेको छ । तराईमा स्थानीय चुनावको वातावरण बन्दै गएपछि मधेसवादी दलहरुलाई पनि चुनावमा जान दवाव पर्न थालेको छ ।…