काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक दलको सहमतिमा सरकार स्थानीय तहको निर्वाचनमा जुटेको र एकता र सहकार्यका आधारमा नै आफू अगाडि बढिरहेको बताए । दोस्रो लगानी सम्मेलनका लागि आज मात्रै यहाँ आइपुग्नुभएका भारतका वित्तमन्त्री अरुणकुमार जेट्लीले प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्रीले सहमति र सहकार्य नै नेपालको राजनीतिक संस्कार भएको बताए।…