काठमाडौँ, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नयाँ संविधानअनुसार पार्टीको स्थानीय संरचनामा सङ्गठको विस्तार गर्नेबारे छलफल सुरु गरिएको छ । धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा ३० केन्द्रीय सदस्यले सो विषयमा आआफ्नो धारणा र दृष्टिकोण राखेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा…