हेटौंडा, १८ माघ । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज शुक्रबारबाट सुरु हुने भएको छ । आज ११ बजे प्रदेश सभाको १५औं अधिवेशनअन्तर्गत पहिलो बैठक बस्ने छ । गत ३१ वैशाख २०८१ देखि सञ्चालन भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशन असोज ७ गते सकिएको थियो । यस अवधिमा बसेका ३८ वटा बैठकले चारवटा विधेयक पारित गरेको थियो…