भक्तपुर, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताएका छन् । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक आर्थिक र सामाजिक रूपमा अफ्ठ्यारोमा परेको कारण संसद्का दुई ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे । मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहोर्याउँदै…