पश्मिना उद्योग नेपालको पहिचान होः मन्त्री भण्डारी

काठमाडौँ, १० माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताउनुभएको छ ।  नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको बताउनुभएको हो । “नेपाली पश्मिनाको…