भक्तपुर, ७ माघ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले साढे ४ बर्षको अवधिमा सडक दुर्घटनामा परेर १५३० जनाभन्दा बढीले अनाहकमा ज्यान गुमाएको बताएका छन् । आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, “सूर्यविनायक मात्र नभई, जहाँ जहाँ हाइवेसँग जोडिएका अस्पतालहरु छन्, त्यहाँ हामीले ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्छ…