काठमाडौँ, ५ माघ । सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयनसम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार भएको छलफलमा मन्त्री दामोदर भण्डारीले स्वदेशमै उत्पादित कच्चा पदार्थबाट निर्मित वस्तुको उच्चतम प्रयोग गर्नुपर्ने विषयमा जोड दिनुभयो । निर्देशिकालाई सबै सार्वजनिक निकायले पूर्ण रूपले पालना गर्नुपर्ने बताउँदै…