काठमाडौँ, २८ पौष । मुलुकभित्र लगानीलाई अवरोध पारिरहेका कानुनी प्रबन्धहरूलाई सरकारले संशोधनमार्फत सहज बनाउने प्रक्रिया अगाडि बढाएको छ । नागरिकमा परिवर्तनको अनुभूति हुने गरी सेवा प्रवाह र लगानी सम्बन्धमा केही नेपाल ऐन संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले तीन अध्यादेश सिफारिस गर्दै लगानीसम्बन्धी क्षेत्रलाई सहज बनाउन कानुनी अप्ठ्यारा…