भ्रष्टाचार मुद्दामा आठजना दोषी ठहर

काठमाडौँ, ८ माघ । विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित आठजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आज आठमध्ये चारजनालाई मुख्य अभियुक्त र चारजनालाई मतियार ठहर गरेको हो । अदालतले मालपोत प्रमुख रसाइलीलाई एक वर्ष, मानबहादुर…