विराटनगर, ७ माघ । मोरङ विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दा एमालेबाट राजीनामा दिने लहर सुरु भएको छ । एमाले विराटनगरको ३ नम्बर वडा समितिका १८ जनाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनीहरूले गत पुस २५ गते बसेको महानगर कमिटीको पदाधिकारी बैठकबाट भएको निर्णयप्रति असहमति जनाएका हुन् । …