काठमाडौँ, २६ पौष । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सतर्कता केन्द्र लगाएर कारबाही गर्ने चेतावनी दिएपछि गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फाजिलमा रहेका कर्मचारीले जिम्मेवारी पाउन थालेका छन् । गृह र संघीय मामिला मन्त्रालयले फाजिलमा रहेका नायब सुब्बादेखि सहसचिवसम्मका ७० भन्दा बढी कर्मचारीलाई दरबन्दीअनुसार पदस्थापन गरिसकेका छन् । प्रधानमन्त्री कार्यालयले तीन दिनको समयावधि तोकेर सिंहदरबारमा…