काठमाडौँ, १४ पौष । भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आयात गर्न परीक्षण सुरुवात भएको छ । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए । यससँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्न आवश्यक तयारीसमेत…