प्रहरी निरीक्षक बिनु शाहीसँग धरौटी माग

ललितपुर, ८ पौष । नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग ५ लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार ५ लाख धरौटी माग गरेको हो । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा…