काठमाडौँ, ३० मंसिर । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व तथा योमरी पुन्हिका अवसरमा दिएको शुभकामना सन्देशमा उनले विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताए । किरात समुदायको विशेष चाड उधौली पर्व तथा…