काठमाडौँ, १४ माघ । नेकपा एमालेका राष्ट्रिय सभाका सांसद सोनम गेल्जेन शेर्पाले आसन्न निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदातालाई मतदान हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । चिसोका कारण प्रतिनिधिसभाको आगामी २१ फागुनमा हुने निर्वाचनमा हिमाली क्षेत्रका करिब ६० प्रतिशत मतदाताहरू मतदानमा सहभागी हुन नपाउने अवस्था भएकाले उनीहरूलाई पनि मतदानमा सहभागी गराउनका लागि सरकारले आवश्यक व्यवस्था…