भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १३ माघ । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो । आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको…