भुटानका राजा-रानी आज काठमाडौँ आउँदै

काठमाडौँ, २१ मंसिर । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौँ आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौँ आउन लागेका हुन् । उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । करिब पाँच घण्टा काठमाडौँमा रहेर उनी फर्किने तालिका छ । भुटानका राजा काठमाडौँ आउने भएपछि सुरक्षा…