काठमाडौँ, २० मंसिर । प्राधिकरणले जारी गरेका बिलमाथि छानबिन गर्न सरकारले बनाएको समितिको वैधानिकतामाथि नै कार्यकारी निर्देशक कुलमान घिसिङले प्रश्न उठाएपछि ऊर्जामन्त्री खड्काले प्राधिकरणमै आफ्नो कार्यकक्ष स्थापना गरेर निगरानी र नियन्त्रण बढाउन थालेका हुन् । ऊर्जामन्त्री खड्काले बुधबार प्राधिकरण गएर कुर्सीमा बसे । मन्त्रीलाई प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले स्वागत गरे । उक्त ‘समारोह’ मा ऊर्जा सचिव सुरेश आचार्य…