कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौँ, १ मंसिर । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको बैठक स्थगित गरी अब मंसिर ४ गते बिहीबार बस्नेगरी तय भएको जानकारी दिए । कांग्रेसभित्र महाधिवेशनलगायतका विषयमा सहमति नजुटेकाले बैठक प्रभावित भएको हो ।  उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै…