काठमाडौँ, ७ मंसिर । प्रतिनिधिसभाका विषयगत समितिहरू कानुन निर्माणमा सुस्त देखिएका छन् । संसद् अधिवेशन अन्त्य भएको दुई महिनामा कुनै पनि समितिले विचाराधीन विधेयकलाई टुंगोमा पुर्याउन सकेका छैनन् । प्रतिनिधिसभाका समितिहरूमा १५ विधेयक विचाराधीन छन् । विधेयकहरूलाई निष्कर्षमा पुर्याउन संसद्का विषयगत समितिहरूको मुख्य भूमिका हुन्छ । त्यसैले विषयगत समितिहरूलाई ‘मिनी संसद्’ भन्ने गरिन्छ । संसद्को अधिवेशन भएका बेला समितिहरूले अझ…