मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौँ, ८ मंसिर । मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । मनाङ–मर्स्याङदी जलविद्युत कम्पनी प्रालिद्वारा प्रवर्द्धित १३५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माणका लागि गत असोज ६ मा चीनको एक्जिम बैंकसँग कर्जा सम्झौता भएको थियो । आयोजनाको वित्तीय व्यवस्थापनको काम सकिएसँगै निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ । ‘कर्जा सम्झौताअनुसार बैंकले १७ करोड ५२ लाख ५० हजार…